१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मन्त्रिपरिषद् बैठक बस्दै, यी एजेण्डामाथि हुँदैछन् छलफल


२२ चैत, काठमाडौं । आज दिउँसाे ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ । दिउँसाे बस्ने मन्त्रीपरिषद् बैठकले सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्ने बताइएकाे छ ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने/नदिने बारेमा समेत छलफल हुने बताइएकाे छ ।आजको बैठकमा स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि  छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने बताइएकाे छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार ११:५३