१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

‘स्वास्थ्य सामग्री खरिदमा प्रश्न उठाउने कांग्रेस नेता थापाले पहिला ६ करोड भ्रष्टाचारको जवाफ दिउन’


२२ चैत, काठमाडाैँ । राजनीतिक विश्लेषक गुरू भट्टराइले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापासँग ६ करोड भ्रष्टाचारको जवाफ मागेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै पूर्वमन्त्री थापाले स्वास्थ्य सामग्री खरिदमा प्रश्न उठाउनु अघि ६ करोड भ्रष्टाचारको जवाफ दिनुपर्ने बताएका छन ।

उनले यस्तो लेखेका छन

संकटको समयमा अर्जेन्ट चाहिएको र संसारमै क्राइसिस भएको स्वास्थ्य सामग्री बिधिसम्वत खरिदमा प्रश्न उठाउने घैटे काजिले स्वास्थ्य मन्त्री हुँदा वीर हस्पिटलको निम्ती करोडौको उपकरण खरिदमा गरेको ६ करोड भ्रष्टाचारको जवाफ लिएर आउनु पर्छ। लेखा नियन्त्रकको कार्यालयले बिधिवत बेरुजु देखाएको छ। अहिले जे खरिद गरेपनी भ्रष्टाचार भयो भन्नेले अदालतमा मुद्दा हालेर पुष्टी गर्ने हिम्मत गर्नु पर्छ; ट्रोल सिर्जना गरेर अलिक दिन भ्रमको खेती गर्ने अनी अर्को खेती कुर्नेहरुलाई समयले पुन बजार्छ। खडे खसी पालेर अर्को ६ करोड झ्वाम पारेको कुरा चै अहिले नभनम ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १०:२३