१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

फुटबल खेलमा युवा संघलाई ७–० गोलकोे अन्तरले हराउँदै पत्रकार विजयी


२ जेठ, दाङ । मंगलबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा संघको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ ।

पत्रकार महासंघको टोली युवा संघलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून व्यवसायी र निजामती कर्मचारीको टोलीले प्रतिस्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारले कानून व्यवसायीलाई जितेर फाइनलका लागि यात्रा तय गरेका थिए ।

पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले तीन गोल गरेका थिए भने युवा संघ दाङको टोलीमाथि हावी भएको पत्रकारको टोलीका तर्फबाट सविन प्रियासन, रुपक थापा, मनिष पाण्डे र गोपाल कुँवरले एक÷एक गोल गरी पत्रकारको टोलीले सात गोल गरेको थियो । सात गोलले विजयी भएको पत्रकारको टोलीले एउटा खसी उपहार प्राप्त गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ०७:३२