२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

खैरहनिका समाजसेवीद्वारा ज्यालादारी गरेर परिवार पाल्दै आएका रानामगरलाई खाध्यान्न सहयाेग


-प्रदिप घिमिरे

१७ चैत, चितवन । जाजरकोट घर भई हाल खैरहनीमा ज्यालादारी काम गरेर परिवार पाल्दै आएका प्रविन रानामगरको परिवारलाई आज खाध्यान्न सहयोग भएको छ । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या परेपछि खैरहनी ९ पिपरा टोलमा निशुल्क बस्दै आएका रानामगर परिवारलाई खैरहनिका समाजसेवीहरु बाट सङ्कलन गरिएको खाध्यान्न सहयोग गरीएको सामाजिक अभियान्ता मुरली प्रसाद गजुरेलले जानकारी दिनुभयो ।

स्थानीय समाजसेवि रविन्द्र पाठकको घरमा निशुल्क बस्दै आएका मगर परिवारलाई गरिएको खाध्यान्न बितरण कार्यक्रममा खैरहनी माविका अध्यक्ष नवराज डल्लाकोटी , बुद्धिजीवी प्रेम रिमाल ,अभियान्ता गजुरेल ,समाजसेवी अशोक न्यौपाने ,लेखबहादुर पुन ,सहित पत्रकार प्रदिप घिमिरेको सहभागिता रहेको थियो ।

खैरहनिको पर्सा बजारका सहयोगि हरुवाट सङ्कलन गरिएको खाध्यान्न बाट आज एक बोरा चामल ,५ केजी आलु ,दुई केजी नुन ,४ केजी चिउरा र दुई प्याकेट सरफ राना मगर परिवारलाई सहयोग गरिएको हो ।यस्तै सोहि अवसरमा समाजसेबी अशोक न्यौपानेले ब्यक्तिगत रुपमा अपुग खाध्यान्न खरिदका लागि नगद १ हजार सहयोग गर्नु भएको थीयो ।

यसअघि पनि समाजसेविहरुको सो समुहले नगर क्षेत्र एवम आसपासका नगरका खाध्यान्न अभाव भएका परिवारलाई लकडानको समयमा मात्र नभई अन्य समयमा समेत खाध्य सामग्री बितरण गर्दै आएको छ । यस्तै थप त्यस्ता वर्ग पहिचान गरि बितरण गर्न तयारी अवस्थामा रहेको छ । खाध्य सामग्री पाएपछि मगर परिवारले केही राहत महशुस गर्दै सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गरेका छन ।

यस सँगै रानामगर परिवार छोराको मुटुमा देखिएको समस्या बाट पनि पिरलिएको छ । ९ बर्षिय छोरा अजय रानामगरको मुटुमा प्वाल सहित मुटुको भल्व साघुरो भएकोले उपचारका लागि आर्थिक समस्यामा परेको अजयका बुवा प्रविन राना मगरले बताउनुभयो । ऋण काढेर काठमाडौं सहित चितवनका अस्पतालमा देखाए रकम धेरै लाग्ने डाक्टरले बताए आफुसँग छैन कसरी उपचार गर्ने मगरको गुनासो छ ।मगरको चार जनाको परिवार भए पनि खैरहनिमा कान्छा छोरा सहित बाबुआमा बस्दै आएका छन् । जेठो छोरा जाजरकोटमा हजुरबुवा हजुरआमासँग बसेको प्रविन रानामगरले बताउनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १३:५०