१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोरोनाले निम्त्याएकाे मानवीय संकटको एकजुट भएर सामना गराैँः प्रधानमन्त्री ओली


१३ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङक्रमणबाट सिर्जित मानवीय संकटको एकजुट भएर सामना गर्न सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन गर्नुहुँदै भन्नुभएको छ, “कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं । हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।” उहाँले बिहीबार गर्नुभएको ट्वीटमा भन्नुभएको छ, “तपाईहरुकै सिफारिसका थप सामग्री उपलब्ध हुँदैछन्, धैर्य गरौं ।”

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार २०:०५