१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

स्वदेश फर्केर व्यवसाय गर्ने योजना बनाएका नुवाकोटका हरिशरणको अबुधाबीमा रहस्यमय मृत्यु


१३ चैत, नुवाकोट । स्वदेश फर्केर व्यवसाय गर्ने योजना बनाएका नुवाकोटका एक युवाको प्रवासमा रहस्यमय मृत्यु भएको छ । नुवाकोट जिल्ला बोलकोटगढी नगरपालिका वडा नम्बर १२ स्थायी घर भएका हरिशरण डोटेलको अबुधाबीमा रहस्मय मृत्यु भएको हो । आबुधावीमा रहेको बेभ्रेली हिल्स मेडिकल सेण्टरमा कार्यरत डोटेल आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको उनको परिवारका सदस्यले बताएका छन ।

हरिशरणको मृत्युको सम्बन्धमा सँगै कोठामा बस्दै आएकी नुवाकोटकै एक महिला र दुइ पुरूषले प्रहरीमा जानकारी गराएर पछि घटना बाहिर आएको हो । परिवारका सदस्यका अनुसार हरिशरण पछिल्लो समय कम्पनीको निवास छोडेर छुट्टै कोठामा बस्दै आएका थिए । डोटेलको मृत्यु शंकास्पद रहेको उनको परिवारले जनाएको छ ।

परिवारका सदस्यका अनुसार डोटेल स्वदेश फर्केर कम्पनी खोली व्यवसाय गर्ने योजना बनाउँदै थिए । परिवरले उनको हत्या भएको हुनसक्ने आशंका गरेको छ । अबुधावी प्रहरीले अनुसन्धान जारी राखेकाले शव नेपाल ल्याउन भने समय लाग्ने भएको छ । कक्षा ७ पढ्दा बुवा गुमाएका डोटेलले स्नातक पढ्दै गर्दा दाजु गुमाएका थिए भने २०७२ को भूकम्पमा छोरोसमेत गुमाएका थिए । तत्कालीन एमालेप्रति आस्थावान उनी माओवादी हुँदै नयाँ शक्तिको अभियानमा क्रियाशिल बनेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १५:४५