१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोभिड-१९ः बेलायतमा एक नेपालीको मृत्यु, परिवारका सदस्य आइसोलेसनमा


८ चैत, काठमाडाैँ । कोभिड-१९ (कोरोना) का कारण बेलायतमा एकजना नेपाली नागरिकको मृत्यु भएको छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईका अनुसार पूर्वगोरखा सैनिक ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो । राईको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो ।

पूर्वगोरखा सैनिक ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको लण्डनस्थित नर्थवीक पार्क अस्पताल ।

राईका अनुसार लीलाबहादुरको मृत्यु कोरोनाकै कारण भएको पुष्ट अस्पतालले शुक्रबार मात्र गरेको हो । लीलाबहादुरको मृत्यु भएपछि उनको परिवारका सदस्यलाई आइसोलेसनमा राखिएको छ । उनीहरूलालाइ कसैले भेट्न पाएको छैन । राईको स्थायी घर संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर १० रहेको र हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएको गेसोका अध्यक्ष राइले बताए । 

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार २१:२७