१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

लेखन कुञ्जमा ‘कुञ्ज नाटक घर’ स्थापना


९ फागुन, काठमाडाैँ । राजधानीको थापागाउँस्थित लेखन कुञ्जमा ‘कुञ्ज नाटक घर’ स्थापना भएको छ । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार एवम् राजनीतिज्ञ प्रदिप ज्ञवाली र लेखन कुञ्जका अध्यक्ष कमल ढकालले नाटकघरको संयुक्त रुपमा उदघानटन गरे । नाटकघर उदघाटनका प्रमुख अतिथि सत्य मोहन जोशीले भने-‘नाटक आफैमा अन्तराष्ट्रिय भाषा हो ।

अन्तर्राष्ट्रिय भाषालाई प्राकृतिक ढंगले अंगालेकोमा खुशी लाग्यो’। एमाले नेता प्रदिप ज्ञवालीले कुन्ज नाम आफैमा युनिक भएको र प्राकृतिक माहौलका कारण यसले भविष्यमा नाटकमा आफ्नै प्रकारको छाप छाड्ने बताए ।

सो अवसरमा घोष्ट राईटिङ नेपाल एवं लेखन कुन्जका संस्थापक अध्यक्ष कमल ढकालले नाटक, खाजा र साहित्यको फरक स्वाद दिन आफुले नयाँ बानेश्वर थापागाउँमा लिटरेचर हब खडा गरेको जानकारी दिए । नाटकघरमा अहिले चिनियाँ साहित्यकार लु शुनको नाटक ‘म्याड म्यान्स डायरी’ प्रदर्शनमा आएको छ । चे शंकर निर्देशित नाटकमा सुदाम सिकेले अभिनय गरेका छन् । ‘म्याड म्यान्स डायरी’ नौ दिनसम्म चल्नेछ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार २०:५९