१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

अस्ट्रेलियामा ३८ सय जना चढेकाे जहाजका यात्रुमा काेराेना सङक्रमण


७ चैत, काठमाडाैँ । अस्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोना भाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २७ सय यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी दिइएको छ ।

बीबीसीका अनुसार न्यू साउथवेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको स्वास्थ्य परीक्षण गरिएकोमा ३ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेका जनाएको छ ।

बिहीबार सिड्नीमा रोकिएको जहाजमा चालक दलका सदस्यसहित ३८ सय जना चढेको खबरमा उल्लेख छ । एक जना चालक दलका सदस्य र दुई जना यात्रुमा कोरोनाको सङ्क्रमण पाइएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार १६:१२