१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा भुषाल र लुम्बिनी विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त


७ चैत, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. शिवलाल भुसाल नियुक्त भएका छन ।मानविकी तथा सामाजिक शास्त्र संकायका डिन रहेका भुषाल बिहीबार रेक्टरमा नियुक्त भएका हुन । प्रधानमन्त्री एव त्रिविका कुलपति केपी शर्मा ओलीले भुसाललाई रेक्टरमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

तस्बिरमा आचार्य र भुषाल ।

यस्तै लुम्बिनी विश्वविद्यालयको रजिष्ट्रारमा तिलक आचार्य नियुक्त भएका छन । उनी पनि बिहीबार नै रजिष्ट्रारमा नियुक्त भएका हुन । प्रधानमन्त्रीले रजिष्ट्रारमा नियुक्त गरेका आचार्य पनि रजिष्ट्रार नै रहेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार ०९:३२