१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाकिस्तानमा हिमपहिरो, ५ जनाको मृत्यु


२८ फागुन, इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ । यस हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ । यस हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १४:४९