१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अनेरास्ववियूकी नेतृलाई काठमाडाैँको नेपालटारमा घरपेटीले दलित भनेर कोठा छाड्न दबाब दिए


२३ फागुन, काठमाडाैँ । काठमाडाैँको तारकेश्वर नगरपालिका वडा नम्बर १० नेपालटारमा एक घरपेटीले दलित भनेर कोठा छाड्न दबाब दिएपछि महानगरीय प्रहरी परिसर बालाजुमा जाहेरी परेको छ । नेपाल ल क्याम्पसमा अध्ययरत दीपा नेपालीलाई घरपेटी श्रीकृष्ण विडारीले कोठा छाड्न दबाब दिएका हुन ।

महानगरीय प्रहरी वृत्त बालाजुमा पीडित दीपाले घरधनी श्रीकृष्ण, उनकी पत्नी राधिका, सोही घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी पत्नी सन्तोषीविरुद्ध जाहेरी दिएकी हुन् । घरधनी विडारी सरकारी कर्मचारी हुन् । उनले दीपालाई कोठा छाड्न ३५ दिने सूचना नै टाँस गरेका छन ।

उनीहरुविरुद्ध जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । कैलालीकी दीपा १३ मंसिरदेखि भाइ र बहिनीका साथ विडारीको घरमा बस्दै आएकी थिइन । यसै विषयमा अनेरास्ववियू त्रिवि जिल्ला किमटीले विज्ञप्ति निकालेर दीपाको विषयमा न्यायको माग गरेको छ । उसले कोठाबाट निकाल्न खोज्ने र त्यसमा मिलिभगत गर्नेलाइ कडा कारबाहीको माग गरेको छ । दीपा अनेरास्ववियूको सदस्य समेत हुन ।

यस्तो छ अनेरास्ववियूको विज्ञप्ति

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १२:४८