१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट नेपाल तीन अंक लिएर घर फर्किदै


२३ फागुन, काठमाडाैँ । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिङ्गापुरबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै नेपाल तीन अंक लिएर घर फर्किएको छ । थाइल्याण्डमा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारकाे खेलमा वर्षा प्रभावित भएपछि खेल नै रद्द हुन पुग्यो । नेपालले तीन अंकमा चित्त बुझाउनुपर्यो ।

खेल पानी परेर मैदान खेल्न योग्य नभएपछि टस नै नभइ अन्तिममा खेल नै रद्द गरिएको हाे । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अङ्क पाएका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ । नेपालले पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो । तेस्रो खेलमा थाइल्याण्डलाई पराजित गरे पनि नेपालको शीर्ष २ मा पर्ने सम्भावना समाप्त भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १२:०४