१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एनआरएनएमा भ्रष्टाचार र विकृतिको चाङ, अध्यक्ष पन्त र महासचिव शर्मा चुपचाप


१७ फागुन, काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्र्यि समन्वय परिषद् (आईसीसी) असक्षम हुने बाटोमा लम्किएको छ। एनआरएनए ८० औँ शाखा मध्ये पाँच वटा शाखामा संस्थाको साख नै खस्किने गरि घटना हुँदा पनि अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले कुनै समाधान गर्न नसकेपछि उनीहरुको क्षमता माथि प्रश्न उठेको हो ।

एनआरएनए अध्यक्षमा कुमार पन्त र महासचिवमा हेमराज शर्मा आएपछि नयाँ ढंगले एनआरएनए अघि बढने अपेक्षा गरिएको थियो । अध्यक्ष पन्त र महासचिव शर्माको नेतृत्वको कार्यसमिति आएपछि बेलायत, दक्षिण कोरिया, मलेसिया, पोर्तुगल र कतारमा समस्या देखिएका छन । दुई बर्षे कार्यकालमा चार महिना सकिदा पनि आसेपासे कुन पदमा मनोनयन गर्ने भनेर घर झगडामै अल्झिएका छन् ।

घटना नम्बर १
एनआरएनए यूकेमा चार करोड घोटला भएको खबर बाहिरियो । बर्तमान अध्यक्ष पुनम गुरुङले जिम्मा लिएपछि काम अघि बढन सकेको छैन । धेरैले केन्द्रलाई गुहारे । एनआरएनए महासचिव हेमराज शर्माको बसोवास भएको ठाउँमा यस्ता लफडा हुँदा समेत उनले मिलाउन सकेनन् । केन्द्रमा उजुरी पर्यो त्यो पनि सुनवाई भएन ।

महासचिव शर्माका भाई चिरन शर्माले व्यक्तिगत खाताको प्रयोग गरि नेपाल व्रिटेन डटकम नामक अनलाईन मार्फत उनले पैसा असुलेको इनभ्वाईस एनआरएनए यूके पूर्वअध्यक्ष योगकुमार फगामीले सार्वजनिक गरे । तिनै शर्मा अहिले एनआरएनएको मानार्थ सदस्य छन ।

घटना नम्बर २
एनआरएनए आईसिसि अध्यक्ष पन्तको कर्मभूमिबाट नजिक रहेको पोर्तुगलमा एनआरएनए पोर्तुगलका बरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पत्रकार पिटे । पोर्तुगलमा कार्यरत नेपाली पत्रकार सविन धिताल (प्रविन)लाई समाचार संकलनका क्रममा कुटपिट हुदा एनआरएनए चुपचाप छ ।

घटना नम्बर ३
एनआरएनए मलेसियाका कोषाध्यक्ष कृष्णप्रसाद नेपालले सार्वजनिक रुपमा अपहरण गर्छु भनेर नेपालीलाई धमक्याउँदा पनि एनआरएनए एक शव्द बोल्दैन ।

घटना नम्बर ४
एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदी माथि लाखांै भष्ट्रचारको आरोप लाग्दा एनआरएनए केन्द्र मौन छ । यसैवीच, महासचिव शर्माको हस्तक्षेपका कारण आफुले काम गर्न नसक्ने भन्दै पूर्वअध्यक्ष भवन भट्टले भिजिट नेपाल २०२० विशेष समितिको अध्यक्षबाट राजीनामा दिईसकेका छन । एकपछि अर्को घटना क्रमलाई हेर्ने हो भने नेतृत्व असफल उन्मुख भएको पुष्टी हुदै गएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ०९:५९