१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इङ्लिस प्रियिमर लिग : पुछारको नर्विच सिटी १-० ले विजयी


१७ फागुन, काठमाडौं । इङ्लिस प्रियिमर लिग फुटबलमा नर्विच सिटीले लेस्टर सिटीलाई १-० ले हराएको छ । अंक तालिकाको पुछारमा रहेको नर्विचले शुक्रबार राति भएको खेलमा लेस्टरलाई स्तब्ध बनाएको हो ।

खेलको ७०औ मिनेटमा जामल लुइसको गोलसँगै नर्विच विजयी भएको हो । यो जितसँगै तालिकाको पुछारमा रहेको नर्विचले २१ अंक जोडेको छ । लेस्टर ५० अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ०८:४०