१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बामदेव कमरेड नेकपाको इतिहासमा तपाईंको नाम सुनौला अक्षरमा लेख्न नपाइने भयो ?


१६ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गाैतम अनेक व्यापरिक घरनाको स्वार्थमा राष्ट्रियसभामा प्रवेश गर्न खोजेको विषय नेकपाका धेरै शुभचिन्तकले मन पराएका छैनन् । गाैतम अन्तिम पटक मन्त्रीहुँदा सल्लाहकार भएका पुराना कम्युनिस्ट नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले पनि असन्तुष्टि जनाएका छन ।

नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत गम्भीर प्रश्न गरेका छन । उनले भनेका छन ‘वामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो रु’ अहिले प्रचण्डको नेतृत्वमा गौतमले वर्तमान व्यवस्थानै समाप्त पार्ने गरी जुन खेल खेलिरहेका छन त्यसमा पार्टीका पुराना नेताहरूले गम्भीर असहमति प्रकट गर्दै आएका छन ।

सुरूमा राष्ट्रियसभामा निर्वाचित हुन अस्वीकार गरेका गौतम मनोनित हुन भने मरिहत्ते गरेर लागेका छन । प्रचण्डले गौतमलाइ राष्ट्रियसभा लान ओलीले अस्वीकार गरे सरकार कसरी ढाल्ने र संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेससभापति शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा लगायतकासँग एक जनाको विकलको घरमा बसेर छलफल गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार १२:५१