१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

–कृष्ण सुवेदी

मुटु जस्तो मन हुन्न थाहा छ कि छैन हजुर !!!
फाटिरहन्छ जतन हुन्न थाहा छ कि छैन हजुर

फूलमाला सिंदुर अविर मात्र फरक परिवेश हो
डोली जस्तो कफन हुन्न थाहा छ कि छैन हजुर

शरीर दुखे होला दबाई मनै दुखे हुन्न निको !!!!
पिटे जस्तो वचन हुन्न थाहा छ कि छैन हजुर !!

आभारी छु दुखसँग शिक्षा दियो जिन्दगीलाई !
संस्कार जस्तो धन हुन्न थाहा छ कि छैन हजुर

देखेजती नपाईएला लेखेजती कहिं नजाला !!
सोचे जस्तो जीवन हुन्न थाहा छ कि छैन हजुर

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार १२:२२