२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

प्रधानमन्त्रीको स्वायत्तामा पार्टीले हस्तक्षेप गर्नखोज्नु मुलकका लागि धोकाः पूर्व सचिव खनाल


१६ फागुन, काठमाडौँ । पूर्व अर्थसचिव रामेश्वर खनालले प्रधानमन्त्रीको स्वायत्तामा पार्टीले हस्तक्षेप गर्न नहुने बताएका छन । लोप भैसकेको नयाँ शक्ति पार्टी र नेपाली कांग्रेस पार्टी भित्र राजनीतिक अनुभवन समेत लिएका पूर्व सचिव खनालले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै नेकपाले प्रधानमन्त्रीको स्वायत्तामाथि जोरजुलुम गर्न नहुने बताएका छन ।

बिहीबार दुइवटा ट्वीट मार्फत खनालले भनेका छन ‘नेकपा पार्टी पंक्तिले बुझ्न आवश्यक छ कि यसरी प्रधानमन्त्रीको पदीय स्वायत्तता माथि पार्टीले जोरजुलुम गर्ने हो भने जनताको नजरमा नेकपाले (सु) शासन गर्न सक्ने क्षमता गुमाएको ठहर्छ। यो मुलुकका लागि राम्रो होइन।’ खनालले नेकपाले प्रधानमन्त्रीको स्वयत्तामा हस्तक्षेप गरे जनताको नजरमा सुशासन गर्ने क्षमता गुमाएको ठहर्ने चेतावनी दिँदै त्यो मुलुकका लागि मसेत धोका हुने बताएका छन ।

उनले अर्को ट्वीटमा लेखेका छन ‘उता राष्ट्रपतिका उट्पट्याङ निर्णय, बोली र उनी माथि लागेका अभियोगका बिरूद्ध पार्टीले (एउटा अपवाद बाहेक) एक ढिक्का भएर साथ दिए, यता पार्टीले प्रधानमन्त्रीलाई निर्णय लाद्न खोज्ने। लौ चित्त बुझेन। प्रधानमन्त्रीका पक्षमा खुलेर लागियो ।’ उनले यस ट्वीटमा खुलेरै प्रधानमन्त्रीको पक्षमा लागेको उल्लेख गरेका छन । 

नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाको निर्वाचनमा शर्मनाक हार व्यहोरेका उपाध्यक्ष बामदेव गाैतमलाइ मन्त्रिपरिषद्ले सिफारिस गर्ने कोटामा राष्ट्रियसभा सदस्य बनाउने तयारी गरेपछि चाैतर्फी अालोचना भएको छ । संविधानको व्यवस्था अनुसार निर्वाचनमा पराजित भएका व्यक्ति पुन निर्वाचनबाट मात्र त्यो कार्यकालभर संसदमा प्रवेश गर्न पाउने व्यवस्था रहेको छ । तर संविधानको मर्म विपरित बामदेव गाैतमलाइ राष्ट्रियसभामा लैजना नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेता लागि परेका छन ।

नेकपाका सबैजसो कार्यकर्ता यसको खिलाफमा देखिएका छन । पार्टीले अनुरोध गरेपछि प्रधानमन्त्रीले भने गाैतमलाइ निर्वाचनकै माध्यमबाट राष्टियसभामा लैजाने विषयमा सकारात्मक दृष्टिकोण बनाएका छन । उनले संविधानको मर्म र भावना विपरित राष्ट्रियसभाको मनोनित सदस्यको कोटामा गाैतमलाइ नपठाउने संकेत दिइसकेका छन ।

प्रधानमन्त्री हुन नपाए राष्ट्रियसभामा जान्न भन्ने गौतमलाइ नेकपाले यसअघि नै राष्ट्रियसभाको उम्मेदवार बन्न अनुरोध गरेको थियो । तर गौतमले आफू प्रधानमन्त्री हुन पाएमात्र जाने नत्र नजाने भनेर अस्वीकार गरेका थिए । अहिले तीनै गौतम प्रधानमन्त्री बन्न नपाए पनि मनोनयनको बाटोबाट राष्ट्रियसभामा जान तयार भएपछि अनेक अड्कलबाजी भएको छ ।

यो पनि पढ्नुहोस् 

-चार जना व्यापारीको डमरूमा नेकपाका नेताहरूको दयालाग्दो नृत्य

-बामदेव गाैतमलाई खुला पत्रः तपाईका लागि सिंगो नेकपा सति जानुपर्ने किन ?

-राष्ट्रियसभाका लागि अर्थमन्त्री डा युवराज खतिवडाको नाम सिफारिस

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार ०८:१६