१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अष्टलक्ष्मीको प्रश्नः नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ? (भिडियो)


१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो रु भन्ने प्रश्न गरेकी छिन । नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाइ नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो रु भन्दै प्रश्न गरेकी हुन ।

शाक्यले कार्यकार्तालाइ जन्मदिनमा केक नकाट्न आग्रह गरेकी छन् । नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले केक काट्ने संस्कृति नेपालीको नभएको स्पष्ट भाषामा बताइन । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा तेह्रथुममा नेपाली नक्शा आकारको केक काटेका थिए । शाक्यले बोल्दा प्रधानमन्त्री सुनिरहेका थिए भने दर्शकदीर्घामा बसेका पार्टीका नेता तथा कार्यकर्ता ताली पिटेर शक्यलाइ हाैस्याउँदै थिए ।

शाक्यको अभिव्यक्ति तल हेर्न र सुन्न सक्नुहुन्छ । भिडियो साैजन्यः न्युज एजेन्सी नेपाल/सविन धमला

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार २१:०७