१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सरकारले नयाँ उद्यम गर्नेलाई ५० लाखसम्म अनुदान दिने


९ फागुन, काठमाडौँ । सरकारले नयाँ उद्यम गर्नेलाई ५० लाखसम्म अनुदान दिने भएको छ । नवप्रवर्तन नयाँ प्रविधिको माध्यमबाट कम समय, लागत तथा स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको विकास गर्ने उद्यमीलाई सरकारले ५० लाख रुपैयाँसम्म अनुदान दिन लागेको हो ।

सरकारले आर्थिक वर्ष २०७६\७७ को बजेटमा उल्लेख गरेको कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार पारेको छ । कार्यविधि अनुसार नवप्रर्वतनको काम गर्न चाहने व्यक्ति र व्यवसायीले कूल लागतको ५० प्रतिशतसम्म सरकारबाट अनुदान पाउने छन् । त्यस्तो अनुदान अधिकतम् ५० लाख रुपैयाँसम्म हुने कार्यविधिमा उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार १६:३३