१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘धुलो’ को ट्रेलरमा रिक्सावालाको पीडा


९ फागुन, काठमाडौं । नेपाली फिल्म ‘धुलो’को ट्रेलर सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा क्यामेरापर्सनका रूपमा कार्यरत प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको धुलो १६ फागुनमा प्रदर्शन हुँदै छ ।

राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मजदुरको वास्तविक जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सिर्जना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतको अभिनय देख्न सकिनेछ । नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवालाई पनि विशेष भूमिकामा देख्न पाइनेछ ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुयाल छन् । केशव मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् ।

अर्जुन जीसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।
हेर्नुस् ट्रेलर

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार ०८:०९