१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एनआरएन यूकेमा करोडौंको घोटाला, संस्थापकहरूकै विरोध, सल्लाहकारले दिए राजीनामा


८ फागुन, लण्डन । गैर आबासिय नेपाली संघ बेलायत ( एन आर एन युके ) आर्थिक अनियमितताको बिबाद सेलाउन नपाउदै फेरी अर्को बिबादको भुमरीमा फसेको छ। एन आर एनको जन्मस्थल युकेमा एन आर एन ले आफ्नो स्थापना दिवस अक्टोबर महिनामा मनाउदै आएकोमा युकेमा भने मार्च मा मनाउने भन्ने कार्यक्रम बिबादास्पद भएको छ ।

गत सेप्टेम्बरमा सम्पन्न चुनाबमा व्यापक धाधली ,अनियमितता र एक पक्ष्यको बहिस्कारका बीच हाल नेतृत्व गरिरहेकी अध्यक्ष्य पुनम गुरुङलाइ यसको स्थापनाकालदेखि नै बिबादास्पद केहि व्यक्तिहरुका कारण झन् बिबादास्पद बनाएको छ ।

आउदो मार्च ५ तारिखमा एन आर एन युकेको १५औ स्थापना दिवस मनाउने भनी उक्त कार्यक्रमका लागि बेलायतका सर्बाधिक बिबादास्पद व्यक्ति रामशरण सिम्खडालाइ संयोजक तोके पछि बिबाद बढेर सस्थापकहरुलेनै उक्त कार्यक्रममा सहभागी हुन नैतिकताको आधारमा नमिल्ने बताएका छन ।

स्थापनाकाल देखि नै आर्थिक लगायतका बिभिन्न काण्डहरुमा मुछिएका सिम्खडा संयोजक भएपछी सस्थापकहरुले सहभागी नहुने जानकारी दिएका हुन् । एन आर एन आइ सी सी सदस्य समेत रहेका सिम्खडाले गत निर्वाचन ताका केन्द्रिय बिधान र सामान्य नैतिकताको समेत बर्खिलाप एक समुहका केहि उम्मेदवारहरुको निर्वाचन घोषणा सभामा अर्को पक्षलाइ हराउन खुलेयाम भाषण गर्दै हिडेका थिए ।

त्यस्तो अबैधानिक र अनैतिक कार्यको विरुद्ध तत्कालिन ४ जना उपाध्यक्ष्यहरु र हालका आइ सी सीमा निर्वाचित सदस्यहरुले एक प्रेस बिज्ञप्ति र केन्द्रिय अध्यक्ष्य लाइ पत्र लेखेर सिम्खडालाइ कारबाही गर्न माग गरेका थिए । निर्वाचनताका समेत विभिन्न आर्थिक लेनदेन गरि सिम्खडा धादली र अनियमिततामा संलग्न भएको बर्तमान कार्यसमिति र आइ सी सी सदस्यहरु बताउछन । यस्तो परिस्थितिमा सिम्खडा संयोजक भएको कार्यक्रममा सहभागी हुन नसक्ने उनीहरुको तर्क छ । कार्यसमितिका निबर्तमान पदाधिकारी, सदस्य र सल्लाहकारहरु समेत उक्त कार्यक्रममा सहभागी नहुने बताउछन् ।

त्यसो त एन आर एन युकेका हालका सदस्य र सल्लाहकार तथा थुप्रै सामाजिक योगदान दिएका एन आर एन अभियन्ताहरु समेत एन आर एन युकेको हालको आर्थिक अनियमितताको छानबिन र फर्च्योट नभएसम्म यस्तो बिबादास्पद कार्यक्रममा सहभागी भएर कलंकको साक्षी बन्न नहुने बताउछन् । सामाजिक संजालमा समेत उक्त बिबादास्पद कार्यक्रमको टिका टिप्पणी भैरहेको छ ।

एनआरएन युकेका सस्थापक सदस्य समेत रहेका थर्क सेन लेख्छन -” खै NRNA दिवस भनौ भने October 11 मा हो वा यो NCC को वा ICC को कार्यक्रम हो? फेरि म आफै पनि सस्थापक सदस्य नै हु ।जे पायो त्यहि हुन लाग्यो सम्मानित सस्था मा !”

यसै बिषयमा पत्रकार समेत रहेका एनआरएन युकेका सस्थापक सदस्य एबम निबर्तमान सल्लाहकार बिपिन निरौला आर्थिक अनियमितता ,सल्लाहकार गठन लगायतका बिबाद समाधान नभई बिबादास्पद व्यक्तिलाई बिबादास्पद कार्यक्रमको आयोजना गरिनु राम्रो मान्न नसकिने बताउछन ।

बिबादहरुको समाधानभै अलि केहि समयपछि विवाद मा नपरेका व्यक्ति या कुनै सालिन व्यक्तिलाइ कार्यक्रम संयोजक तोकी
यस्तो कार्यक्रम आयोजना गरिनु सम्पूर्ण संघ सस्थाको अपनत्व हुने र एनआरएन युकेको समेत हितमा हुने निरौलाको राय छ ।

येसैबिच संघको पहिलो नम्बरमा सल्लाहकार मनोनयनमा परेका निवर्तमान उपाध्यक्ष एबम गत निर्वाचनमा अध्यक्ष्यका प्रत्यासी शेर बहादुर सुनारले सल्लाहकार बस्न अस्वीकार गरेका छन् । संघभित्र गत कार्यसमितिले गरेको ४ करोड रुपैयाँको घोटालाको छानविन गर्न माग गर्दै सुनारले सो पद अस्वीकार गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै सुनारले संघको हिसाव कितावको खोजविन गर्नु र सत्य तथ्य बाहिर ल्याउनु आफ्नो पनि कर्तव्य भएको उल्लेख गर्दै सर्वसाधारण नेपालीहरुबाट जम्मा पारिएको करौडौ रुपयाँ माथि भएको भ्रष्टाचारको जब सम्म पूर्ण रुपमा छानविन गरिदैन तबसम्म सल्लाहाकारमा नबस्ने भनी घोषणा गरेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार २१:०२