१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विजय मिश्र ‘ठगीका नाइके’, नेपालमा स्वीस कम्पनीको दलाल नरहेको दूतावासबाट पुष्टि


८ फागुन, काठमाडाैँ । स्वीटजरल्याण्डको दूतावासको विज्ञप्तिसँगै नेपालका कुनै पनि स्वीस कम्पनीको स्थानीय दलाल (एजेन्ट) नरहेको पुष्टि भएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै नेपालमा कुनै पनि स्वीस कम्पनीको स्थानीय दलालहरू नरहेको स्पष्ट पारेको छ । योसँगै आफू स्वीस कम्पनीको दलाल  भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग बार्गेनिङ गर्ने विजय मिश्र ठगीको नाइके रहेको खुलासा भएको छ ।

तस्बीरः न्युज एजेन्सी नेपालका सविन धमलाको फेसबुकबाट साभार ।

कहिले स्वीस कम्पनीको दलाल भन्ने त कहिले विज्ञ भनेर संसदको सार्वजनिक लेखा समितिमा गएर धारणा राख्ने मिश्र ठगीको नाइके रहेको खुलासा भएको छ । बुधबार उनको अडियो सार्वजनिक भएपछि उनले स्वीस कम्पनीको दलालका रूपमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग कुरा गर्ने गरेको खुलेको छ । तर दूतावासले भने नेपालमा कुनै पनि दालाल नरहेको जनाइसकेको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा अडियो प्रकरणमा भनिएको जस्तो कुनै पनि छलफल नभएको र समाचारमा उल्लेखित व्यक्तिसँग दूतावासको कुनै सम्बन्ध नरहेको उललेख गरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको क्षेत्रगत ज्ञान ‘शून्य’ भएका मिश्र दालका रूपमा ठगीमा सक्रिय भएको पाइएको छ ।

मिश्रल जापान कामदार पठाउनका लागि दलालीको काम समेत गर्न गरेको खुलेको छ । उनले नेपाली कामदारसँग मोटो रकम लिएर जापान पठाउने गरेका थिए । मिश्र ठगीमा संलग्न भएको शंकामा संसदको सार्वजनिक लेखा समिति कारबाही गर्न प्रहरीलाइ निर्देशन दिएको छ । समितिको निर्देशन पछि सचिवालयले नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर कारबाहीको अनुरोध गरेको छ । लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारबाही गर्न पत्राचार गरेको हो ।

दूतावासको विज्ञप्तिः

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १९:३७