१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन संसदको लेखा समितिको निर्देशन


८ फागुन, काठमाडाैँ । ७० करोडको संवाद बाहिरिएसँगै प्रतिनिधि सभा अन्तर्गतकाे सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) को खरिद प्रक्रिया अघि नबढाउन सरकारका नाममा निर्देशन दिएको छ ।

बिहीबार बसेको लेखा समितिको बैठकले प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएको भन्दै तत्कालका लागि खरिद प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

समितिले बिहीबारको बैठकमा मन्त्री बाँस्कोटालाई बोलाएको थियो तर मन्त्री काठमाडाैँ बाहिर रहेकाले जान पाएनन् । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको क्रममा ७५ करोड कमिसनको कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १३:५७