१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

खरीपाटी क्‍वारेन्टाइनमा बसेका सबै कोरोनामुक्त, अभिभावक पनि खुसी


फाइल तस्बिर ।

८ फागुन, काठमाडौं  कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्‍वारेन्टाइनमा राखिएका १७५ नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन ।

क्‍वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुसी छाएको छ । क्‍वारेन्टाइनमा बसेकाहरुका अभिभावक तथा आफन्तमा समेत खुसी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमार्फत चीनबाट उद्धार गरी ल्याइएका सबै (१७५ जना) लाई नै कोरोना भाइरसको सङ्क्रमण नदेखिएको प्रस्ट्याएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका टोलीले आइतबार नेपालीको घाँटीको र्‍याल संकलन गरी परीक्षण गरेको थियो । परीक्षणका क्रममा १७५ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले सरकारले उद्धार गरी ल्याएका सबै नेपालीको कोभिड -१९ भाइरसको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार ०६:५६