१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अष्ट्रेलियाको पर्यटनमा सहयोग पुर्याउन कंगारु आइल्याण्डमा नेपाली समुदायको भ्रमण


-बालगोपाल उपाध्याय
६ फागुन, एडिलेड । गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको संयोजनमामा भर्खरैको आगलागीबाट प्रभावित साउथ अष्ट्रेलियाको मुख्य पर्यटकीय क्षेत्र कंगारु आइल्याण्ड एक दिने भ्रमण सम्पन्न भएको छ । यस बर्ष अष्ट्रेलियाले इतिहासकै सबैभन्दा ठूलो आगलागी व्यहोरेको छ । २८ जना मानवले मृत्यु वरण गरेभने लाखौको संख्यामा जंगली जनावरको मृत्यु भयो ।

साउथ अष्ट्रेलिया पनि आगलागीको चपेटामा परेको थियो । यसको मुख्य पर्यटकीय क्षेत्र कंगारु आइल्याण्डको धेरै वन क्षेत्र नष्ट भएको थियो ।आगोलागीले ठुलो क्षति पुराएको कंगारु आइल्याण्ड क्षेत्रमा भ्रमण गरेर पर्यटन क्षेत्रमा सानो भए पनि सहयोग होस् भन्ने उद्देश्य सहित भ्रमण आयोजना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयोजक नवीन पन्तले बताउनु भयो ।

उहाँका अनुसार नेपाली समुदायले एनआरएनए मार्फत अष्ट्रेलियन डलर ८५२८ अष्ट्रेलिया सरकारलाइ सहयोग गरेको र सहयोगकै उद्देश्यले सबभन्दा प्रभावित पर्यटकीय क्षेत्रको भ्रमण गरेको बताउनु भयो । नेपाली समुदायको भ्रमणले यहाँको बहुसांस्कृतिक समाजलाई पनि त्यस क्षेत्रको भ्रमण गर्न प्रेरित गर्ने संयोजक पन्तको भनाइ रहेको छ ।

साउथ अष्ट्रेलिया सरकार र यहाँका राजनीति दलहरु समेतले भ्रमण गरेर कंगारु आइल्याण्डको पर्यटन व्यबसायलाई टेवा दिन आग्रह गरेको सन्दर्भ भ्रमणले यहाँको सरकार तथा दलहरुका विचमा नेपालीको पहिचान समेत गराएको एनआरएनएको अन्तर्राष्ट्रिय सम्बन्य परिषद सदस्य अशोक केशीले बताउनु भयो ।

उहाँले कंकारु आइल्याण्ड घुम्न लायक छ भन्ने र नेपाली समुदायको अग्रणी सबै संस्थाहरुको उपस्थितिले नेपाली समुदायमा हार्दिकता बढाएको बताउनु हुन्छ । केशीले त्यस आइल्याण्डमा एउटै ग्रुपमा एक सय भन्दा धेरै मानिस गएको नै पहिलो पटक भएको त्यहाँका स्थानीय व्यवसायीहरुले सुनाएको बताउनु भयो ।

यसै बिचमा एनआरएनए साउथ अष्ट्रेलिया संयोजक पन्तले नेपाली समुदायले कंगारु आइल्याण्डको पर्यटनमा सहयोगी हुने भ्रमण गरेकोमा साउथ अष्ट्रेलियाका राजनीति दलका नेताहरुले पत्रहरु मार्फत समेत प्रशंसा गरेको समेत बताउनु भयो ।

  

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार १८:४३