१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जनमोर्चाका नेता केसीसहित एक दर्जन कार्यकर्ता नेकपामा प्रवेश, पूर्वमन्त्री विष्टले गरे स्वागत


६ फागुन, गुल्मी । विभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने लहर नै चलेको छ । अधिकांश स्थानीय तह २ नम्बर बाहेकका सबै प्रदेश र एकलौटी संघीय सरकार गठन गरेको नेकपाप्रति अन्य पार्टीका नेता कार्यकर्ताको आकर्षण ह्वात्तै बढेको छ । सरकारले दीर्घकालीन विकासको नीति अवलम्ब गरेर चुनावी घोषणापत्र कार्यान्वयनको बाटोमा अघि बढ्न थालेपछि कांग्रेस, जनमोर्चा लगायतका पार्टीका नेता कार्यकर्ता नेकपामा प्रवेश गर्न थालेका छन ।

नेकपाका लोकप्रिय नेता एवं पूर्वमन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रको कार्यक्रममा गुल्मीका जनमोर्चा नेता कार्यकर्ता नेकपा प्रवेश गरेका हुन । उनीहरूलाइ नेकपाको प्रदेश ५ कमिटीका सदस्य बुद्धि जिसीले पनि स्वागत गरेका थिए । नेकपा गुल्मीका नेता गणेश श्रीपालीका अनुसार गुल्मीको धुर्कोट रजस्थल र वस्तुको पार्टी अगुवाकार्यकर्ता भेलामा जनमोर्चाका केही नेता र एक दर्जनबढी कार्यकर्ता नेकपामा प्रवेश गरेको हुन ।

श्रीपालीका अनुसार राष्ट्रिय जनमोर्चा नेता कुन्जबहादुर केसी र स्थानीय नेताहरू सदस्यहरु नरबहादुर कुवँर, खिमचन्द्र बस्नेत, सोवबहादुर खत्री, धन ब खत्री र शिवबहादुर पाण्डे नेकपामा प्रवेश गरेका हुन । उनीहरूको नेतृत्वमा अन्य दर्जनबणी अगुवा कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन । यसअघि सिन्धुपाल्चोमा कांग्रेसका चार सयबढी कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार ११:३५