१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तेस्रो प्रयासमा फूयाँलले खाए भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ


५ फागुन, हेटाैँडा । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त रामेश्वर फुँयालले सोमबार ५ बजे पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख बिष्णु प्रसाईंले फुँयाललाई सोमबार सँझ मन्त्री पदको सपथ खुवाएका हुन । फुँयालले सोमबार सपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभारग्रहण गरे ।

यसअघि सपथकै समय तोकिएर पनि अन्तिम मसयमा सपथ लिन नपाएका फूयाँलले यसपटक भने साच्चैको सपथ खाए । उनी मन्त्री भएको समाचार बाहिरिएको झण्डै एक महिना  हुन लाग्यो ।

यही बीचमा हाल फूयाँलले पाएको मन्त्रालयको जिम्मेवारी नुवाकोटका प्रदेश सांसद केशव पाण्डेलाइ दिने तयारी गरिएको थियो तर पछि काठमाडाैँ उपत्यकाका सांसदहरूले काठमाडाैँ उपत्यकालाइ उपेक्षा नगर्न भन्दै चेतावनी दिएपछि पाण्डेको मन्त्री बन्ने सम्भावना सकिएको थियो । अब पाण्डेले माने नेकपाको प्रुमुख सचेतकको जिम्मेवारी दिने तयारी पार्टीले गरेको छ ।

(यसअघि पदभार ग्रहण सपथ लगत्तै हुनुपर्नेमा सच्याइएकाे छ- सम्पादक)

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १८:१०