१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेद्धारा पदभार ग्रहण


५ फागुन, काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गर्नुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपसभामुखबाट राजीनामा दिनुभएकी तुम्बाहाङ्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।


सोमबार दिउँसो नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएकाे हाे । तुम्बाहाङ्फेले सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएकाे हाे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १७:१०