१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाग्मती प्रदेशकाे भाैतिक पूर्वाधार मन्त्री रामेश्वर फूयाँलकाे सपथ ५ बजे


५ फागुन, हटाैँडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त रामेश्वर फुँयालले आज ५ बजे पद तथा गाेपनियताकाे सपथ लिन लागेका हुन ।

मुख्यमन्त्री डाेरमणि पाैडेलका प्रेस सल्लाहकार प्रकाश दाहालका अनुसार प्रदेश प्रमुखकाे कार्यालयमा ५ बजे सपथ ग्रहण गराउने तयारी सकिएकाे छ ।फूँयाललाई प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाईँले सपथ गराउनेछन ।

यसअघि माघ २९ गते मन्त्रीको सपथ खुवाउने तयारी गरेपनि नेकपा प्रदेश कमिटी र मुख्यमन्त्रीबीचको विवादले अन्तिम समयमा आएर फुँयालको सपथ अन्तिम अवस्थामा राेकिएकाे थियाे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १६:०६