१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मन्त्रीपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री


५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार मन्त्रीपरिषद पुनर्गठन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाउने पक्का भएको छ ।

तुम्वाहाङ्फेलाई आजै कानुनमन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको स्रोतले जानकारी दियो । यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार ११:१३