१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यस्तो मायामा गजित र अञ्जली (भिडियोसहित)


४ फागुन, काठमाडौं ।  ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् ।

फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजिक भिडियो निर्देशन गरेका हुन् । भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा अभिनेता गजित विष्ट र मोडल अञ्जली अधिकारी फिचर्ड छन् । सुमनकुमार तण्डुकारले खिचेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् । गीतमा पति पत्नीबीचको प्रेम र समर्पणभाव प्रस्तुत गरिएको छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ०७:०१