दैनिकी

  • २ फाल्गुन २०७६, शुक्रबार १३:१०

प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग, शोक मनाउन दिन अनुरोध

२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शोक मनाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुने भनिएको सम्बोधन स्थगित गर्न माग गरेको छ । आजै बिहानमात्र नेपाली कांग्रेस पार्टीलाइ प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको हो ।

आज प्रधानमन्त्रीले सरकारको दुइ वर्ष पूरा भएको उपलक्ष्यमा संसदमा सम्बोधन गर्ने कार्यसूची तय भएको थियो । कांग्रेस सचेतक पुष्पा भुषालले संसद सचिवालयमा शोकका कारण सम्बोधन स्थगित गर्न माग गरेकी छिन ।

अहिले संसद सचिवालयमा कांग्रेसको मागका विषयमा छलफल भैरहेको छ ।  क्यान्सरबाट पीडित उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको थियो ।