१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

त्रिकोणात्मक सिरिजमा नेपाल-अमेरिका भिड्दै


२९ माघ, काठमाडौं आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले ९ बजेबाट हुने छ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जित्ने दाउमा छ ।

नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहोर्‍याउने पक्षमा छ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।

ओमनले भने त्रिकोणात्मक सिरिजका सबै खेल जितेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ०८:११