१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै


२८ माघ, काठमाडौं    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज पनि तीन खेल हुँदै छन् । खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा दोस्रो स्थानका आर्मी र ब्रिगेड भिड्न लागेका हुन् । यो खेल बिहान ८:४५ बाट सुरु हुनेछ ।

यस्तै थ्रीस्टार र एनआरटी बीचको खेल १२:१५ बजेदेखि सुरु हुनेछ । यो दुवै टिमले जित आत्मसात् गर्दै शीर्ष ६ भित्र स्थान पक्का गर्ने दाउमा छन् ।

२० अंक जोडेको थ्रीस्टार लिगको चौंथो स्थानमा छ । एनआरटीलाई हराएर थ्रीस्टार शीर्ष ६ मा आफूलाई सुरक्षित गर्न चाहन्छ । यस्तै एनआरटी पनि जित निकाल्दै शीर्ष ६ मा उक्लन चाहन्छ ।

लिगको उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दी क्लबले दिउँसो ३:३० बजे नेपाल पुलिस क्लबसँग खेल्दै छ । मनाङ बलियो प्रतिद्वन्द्वी पुलिसविरुद्ध जित निकाल्दै उपाधिको दाबेदार कायम राख्न चाहन्छ ।

२२ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ । पुलिस भने मनाङलाई हराएर शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छ । छैटौं स्थानको पुलिसको १७ अंक छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार ०७:४०