१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

किम–ट्रम्पको भेटवार्ताको स्थान र मिति तय, उत्तर कोरियाले तीन अमेरिकीलाई रिहा गर्‍याे


२६ वैशाख, काठमाडाैँ । उत्तरकोरियाका शाषक किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको भेटवार्ताको  स्थान र मिति तय भएको छ । यसको जानकारी ट्रम अाफैँले ट्वीट मार्फत दिएका छन । पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच सम्बन्ध सुधारका देखिएका छन । त्यसै क्रममा उत्तर कोरियाले बुधबार तीन जना अमेरिकी नागरिकलाई रिहा पनि गरेको छ ।

ट्रम्पले यस घटनाबाट आफू निकै खुशी भएको बताउँदै लेखेका छन्, ‘मलाई यो खबर सुनाइरहँदा निकै खुशी महसुस भैरहेको छ कि उत्तर कोरियाबाट फर्किरहेका विदेशमन्त्री माइक पोम्पेओकै विमानमा तीन जना अमेरिकी नागरिक पनि छन् । उनीहरुसँगै भेट्न सबै आतुर रहेका छन् । सबैको स्वास्थ्य स्थिति ठिक रहेको छ । यसका साथै किम जोङ उनसँग भेट्ने समय र ठाउँ पनि तय भएको छ ।’

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार २०:०६