१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेकपाका अध्यक्ष प्रचण्ड विद्यालय उद्घाटका लागि नुवाकोट आउने


२४ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विद्यालयको उद्घाटन गर्न नुवाकोट आउने भएका छन । नेकपा किस्पाङका अध्यक्ष बिरबल तामाङका अनुसार प्रचण्ड यही माघ २७ गते नुवाकोटको किस्पाङमा आउन लागेका हुन । नुवाकोटको नमुना विद्यालय छनौट भएको किस्पाङको श्री ऐसेलु भुमे माविको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड आउन लागेका हुन ।

२०७२ सालको विनाशकारी भूकम्पपछि निर्माण थालिएको भवन केही समयअघि निर्माण सम्पन्न भएको थियो । अध्यक्ष प्रचण्डले सोही दिन आफ्ना पूर्व सम्धी स्वर्गीय पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको नेकपाका नेताहरूले बताएका छन । प्रचण्ड यही माघ २६ गते पनि नुवाकोटको पञ्चकन्यामा एउटा कार्यक्रममा सहभागी हुन आउँदैछन ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०९:५५