१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

राजिनामापछि ३४ सिडिओको सरूवा गर्ने राई नै नैतिकवान ! जसले गृहमन्त्रीलाई रबरस्टाम्प बनाए


२३ माघ, काठमाडाैँ। गृह मन्त्रालयकाे सचिवबाट राजिनामा दिएका प्रेमकुमार राईकाे अहिले चर्चा छ । अनिवार्य अवकाशकाे केहिदिन अघि राजिनामा गरेका राईकाे उच्च नैतिकताकाे विषयलाई लिएर धेरैले चर्चा गरेका छन । ३५०० का लागि अवकाशकाे मुखमा राजिनामा दिने राईकै नैतिकता उच्च भन्दै अनावश्यक चर्चा भैरहेकाे छ ।

राजीनामा स्वीकृति भएपछि पनि रातारात ३४ जना सिडिओहरूकाे सरुवा गरे राईले । उनले २०७६ माघ १९ गते सरूवा गरेर गृह मन्त्रालयबाट २०७६ माघ २० गते विदा भएका छन् । प्रेमकुमार राईले प्रधानमन्त्रीका सल्लाहकारसँग बसेर पद र अख्तियारकाे दुरूपयाेग गर्दै गृह मन्त्रालयका सहसचिव, उपसचिवकाे सरूवा गरेर इतिहासमै नभएकाे अनैतिक काम गरे ।

 

उनले जाँदा जाँदै गृहमन्त्री रबर स्टाम्प मात्रै हुन भन्ने देखाए । आफ्नाे कार्यकाल सकिएपछि पनि गृहकाे काममा हस्तक्षाेप गरेर राई कसरी उच्च नैतिकवान बने ? राईले नविनयुक्त गृह सचिव महेश्वर न्याैपानेलाई समेत रबर स्ट्याम्प मात्रै हाे भन्ने सन्देश दिए । किनकी उनले नेउपाने गृहमा हाजिर हुनुअघि नै गृहका सहसचिव र उपसचिव गरी ३४ जनाकाे सरूवा गरे । राईकाे यस्ताे अनैतिक काम देखेर निजामती कर्मचारीहरूले पनि आश्चर्य प्रकट गरेका छन्

राईले राजिनामा दिएपछि लिन नपाइने पिएसओको सुविधा समेत उपयोग गरिरहेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका भावि नेतृत्वको रूपमा व्यख्या गरिएका र आफू पनि त्यस्तै लबिङमा लागेका राईले सुराकी परिचालनको नाममा आफैँले पैसा खाएको आरोप गृहमन्त्रालयका कर्मचारीहरूको रहेको छ ।

राजनीतिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका उनले तीनै प्रधानमन्त्रीका केही सल्लाहकारसँग मिलेर गृह प्रशासन सञ्चालन गरे । राईले आफूले अख्तियार जाने संकेत दिएका कारण उनको विदाइको समयमा प्रहरी प्रमुखले मात्र दिने चिनोमा क्रस गरेर  डिआइजी विश्व पोखरलले समेत चाँदीको करूवा उपहार दिए । उनले ती सबै उपहारहरू सहर्ष स्वीकार गरे । उनले नीतिगत रूपमा प्रहरी संगठन सुधार्नका लागि जति गर्नसक्थे त्यो पनि गरेनन् ।

पछिल्लो समय प्रहरीमा एसएसपीमा डिअाइजीमा बढुावा भएको केही महिनामै संगठन प्रमुख बन्ने परिपाटी बसिसकेको अवस्थामा संगठन मजबुद बनाउनका लागि उनले नीतिगत सुधारको प्रस्ताव गर्न सक्थे तर अन्तैबाट परिचालित हुँदा उनले त्यसतर्फ ध्यान दिएको पाइएन । यद्यपी उनी काविल सचिवको उपमाका लागि लागि परेका छन ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १३:५९