२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

भ्रष्टाचारसम्बन्धी मुद्दाको अभिलेख सर्वोच्चलाई नदिने महेश्वर न्याैपाने गृह सचिवमा सरूवा


२० माघ, काठमाडाैँ । सरकारले गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपानेको सरूवा गरेको छ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दाको फाइल निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा सरूवा गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिवमा सुरूवा गरेको हो । त्यस्तै प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाइ अख्तियार दुरूपयोग अनुसन्धान अायाेगको सचिवमा सरूवा गरिएको छ ।

भ्रष्टाचारसम्बन्धी मुद्दाको अभिलेख दिन नमानेपछि अभिलेखसहित १५ दिनभित्रै आफैं इजलासमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको केही दिनमै न्याैपाने अख्तियारबाट गृह मन्त्रालय पुगेका छन । नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख लुकाएपछि सर्वोच्चले सचिवालाइ नै बोलाएको हो । न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार दिएको आदेशमा सचिव न्यपानेलाई अभिलेखसहित स्वयं हाजिर हुन अादेश दिएको थियो ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार २१:४८