२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

फेरि घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, ग्यासको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची


२० माघ, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छ । उसले प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले घटेको र बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने जानकारी दिए । नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार १९:१६