१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कांग्रेसको छायाँमा विरक्तिएका प्रेम र ताम्सालिङको रोदन


-नारायण नेपाल

मध्ये नेपालको बहस केही तातेको थियो पछिल्लो समय त्यो हो ३ नम्बर प्रदेश राजधानीको सबाल र नामाकरणको सबाल । यही सबालको चर्चा सेलाए पनि केहीबाछिटाहरु सामाजिक सञ्जालतिर भेटिन्छ । त्यही बारे यो लेखमा केही चर्चा गर्दैछु ।

प्रदेश ३ को राजधानी सबाल चर्को भयो नुवाकोटलाई प्रदेश राजधानी बनाउने कि नबनाउने भन्ने बहस चल्यो कमरेडहरुलाई हेटौड राजधानीसगै मन्त्रिको झण्डा हल्लाउने सपना नखाउ भने भने दिन भरीको शिकार खाउ भने आफनै बाउको अनुहार भने झै छ यतिबेला । नुवाकोट राजधानी बारेको विद्धानहरुको कार्यपत्र र भिडियो त एक मेलो भोट खाने भाडो भयो बाकि सुरक्षित गर्ने काम युटुवको । नेताले आखामा धुलोहाले पछि विद्धानको केही लाग्दैन ।

नुवाकोट राजधानी किन प्रदेशको राजधानि चाहीयो । इतिहासमा आज भन्दा २७५ बर्ष अघि र यो देशको २३ बर्ष १८०१ देखि १८२५ सम्म राजधानी भएको थियो । राजधनी सरेपछि पनि ब्यापार र चहलपहल कमि नहोेस भने र अनेक जात्रा पर्ब र मेलाहरुको प्रवन्ध गरेका थिए शासकहरुले तर यो बेला चिनिया रेल र छहरेको सुरुङ देखाएर जग्गा दलालि गर्दैछन् नेताहरु । अझै राजधानीको घोषणा गराउन जग्गा दलालको केटा केटिको दशै जस्तो चहलपल त कम्ती रमाइलो थिएन । जे होस राजधानी फाइनल भयो हेटौडा ।

यो बहससगै चल्यो नामाकरण बहस । त्यसमा नेवा ताम्सालिङको विकल्प बारे एकला बक्ता बने प्रेम तामाङ र एक सर्मथक पनि पाएनन् । उनको भाषण सामाजीक सञ्जालमा चर्चीत भयो । ताम्सालिङ नभए पछि धेरै मान्छेहरु निन्द्राबाट ब्युझिएका छन् । कतिपय चाही हिजोको दुख खेर गयो भन्दै वीरक्तीएका छन् । हिजो जनयुद्धताका चर्चीत गित थियो । अझै गुन्जीरहेछ जनमनमा ।उत्पिडीत समुदायको अधिकारको खातिर ।

रेन्गो ज्यो ज्यो आले नाना आङा रेन्गो
ह्याङला ह्युल्सा ताम्सालीङ सेन्वा आरे रेन्गो
……………………….
गोलिला आहिन् बोलीला आवाज दिक्खेन तातोजि
वाले सलामा गणतन्त्रला ताम्सालीङ बेनन् तामाङला् ।

यि र यस्ता गित गाउने नाच्ने र लडने भिडनेहरु त यतिबेला श्रम पसिना बेच्न तल्लीन होलान् तर लडाउने भिडाउनेहरुले चाही रग बदलेका छन् । ताम्सालिङ के हो र किन भयो अनेकौन धारणा छ । तथ्यहरु छ बहस छ जारी छ । तामाङ भाषालाई आधार मानेर हेर्दा सामान्यतया ता भन्नाले घोडा र मङ भन्नाले घोडचडी घोडा चढने मान्छे भन्ने अर्थ लाग्छ । लिङ भनेको भुमी अर्थ जग्गा हो । यो अर्थले हेर्दा घोडचडीहरु राज चलेको स्थान भन्ने बुझिन्छ । अर्थात दक्षिणमा सोमेश्वरगढी देखि उत्तरमा रसुवागढी भित्रको यो भुमिलाई आधार मान्ने हो भने बाल्मीकी आश्रम छोउको ताम्सा खोलाको नाम चाही किन भयो होला ताम्सा भन्ने ? रामायणको कथा र यो स्थानका नामको तदम्यता को लेखाजोखा गर्ने जिम्मा इतिहासकारहरुको ।

पद्यमरत्न तुलाधार हुन कम्युष्टि राजनीतिमा जातिवाद मिसाउने योद्धा निर्मल लामा र पुष्पलालले नबोकेको अन्धजातिवादको नारा कस्ले किन छिरायो कम्युनिष्ट आन्दोलनमा यो बहसको पाटो हो । स्वयम् नेकपा माओवादी नै तामाङ स्वायत प्रदेशको नाराबाट ताम्सालिङमा कहिले किन पुग्यो दस्तावेजमा उल्लेख नै छैन अझै संघियताबारे प्रष्ट बहस नै कहि भएको थियो । ताम्सालिङ राज्य समिती भनेर पार्टी कार्यलय समेत चलाउन नसक्नेहरुले राजधानी कार्यलय राख्न परेपछि होला कहिले पुर्व र पश्चिम ताम्सालिङको विभाजन त कहिले नेवा ः ताम्सालिङको नारा दिएको पनि शहर तिर जम्न ।

ताम्सालिङको आवाज पछिल्लो समय बलसाली रुपमा उठेको जनयुद्धको बलमा नै हो । जब त्यो जनयुद्धको बल र आर्दश ढल्यो तब ताम्सालिङ देखाई खाने तर्साइ खाने भाडो,एनजीओवाद र जातिवादमा रुम्ललीयो सत्य यही हो । जनयुद्धको सपना बेचियो भन्ने बन्दी माइला लामाहरु बारे चुक्क नबोल्नेहरु भोट बटुल्न ताम्सालिङको नारा अलाप्दैछन् । आज नाम देखाएर भावनात्कताको ब्यापार गर्नेहरु कम छैन चे ग्वेभाराको हत्या गर्दै सपनाबन्दी राखेर फोटो अंकीत टिर्सट बेच्ने पुजिवादी नाइकेहरु जस्तै छन् आजका ताम्सालीङका रोदन लागाउनेहरुको चरीत्र पनि । नाम राखेर भन्दा काम गरेर देखाउन पर्ने बेला थियो दुई तिहाइबालाहरुसंग तर १० प्रतिशत मात्रै पनि कम्युनिष्ट चरीत्र होइन जनपक्षिय खालको काम गर्ने हो भने यो देशमा जनताले अनुभुती गर्ने गरी केही हुन्थो तर हुने बाला छैन यिनिहरुबाट ।

आज यो ब्यवस्थामा ताम्सालीङ भए पनि लुटिने बेचिनेहरु गरिब कै सन्तान हो । वर्गीय समाजमा सत्ताको त आखिर वर्ग चरित्र हुन्छ नी हो त्यो नबदलीए सम्म संसार बदल्न हिडेकाहरु आफै बदलिएर दुनियालाई भ्रम छर्नु कुनै तुक छैन । ताम्सालिङका एकल यात्री योद्धा बन्ने प्रेमले संसारले मानेका विद्धान डाक्टरलाई बेच्न सक्ने गरिब सुकुम्बासीको छोरोले आज हेटौडामा खसालेको आसु त आहारा खादा झर्ने गोहीको आसु जस्तै हो ।

काग्रेश सभापति शेरबहादुरलाई समेत एक खेप झुक्याउन सफल उनले बाकि काग्रेशलाई कति झुक्याउलान् त्यो हेर्नै बाकी छ । तर लहरेपौवामा टाउको फुटेको बालचन्द्र पौडेलहरुले कुन मनले जय नेपाल गर्लान कि गए नेपाल होला चैते काग्रेसहरुको पहिरोले मिचेर बेत्रावतीको गोरु जुधाइ भन्दा रमाइलो होला कि ? बालचन्द्रको रगत पसिना र त्रिशुलिको पानी त कति बग्यो सकियो त्यो लेखा जोखा छैन तर यो कहानिको साक्षि आज सुर्यगढी र मैलुङको पहाड चाही छ है ।

त्यो भाषणमा उनले शहिद परिवार र तामाङहरुमा भावनात्मक रुपमा खेल्ने गफ दिए एक पटक भोट माग्न र झुक्याउन आउने खेलोमेलेको राजनीति गरे र एक अलाप गरे । जनयुद्धको आर्दशबाट विरक्तीएकाहरुले राजनीतिरुपमा जनयुद्धको बर्गदुश्मनसा अंगालो हालेर रुद्र पाख्रिन र दिलमायाको नाम लिनु जतिको घृणीत कार्य के होला ? जब बर्गीय आन्दोलन कमजोर हुन्छ कहा उत्पिडीत समुदायले अधिकार माग्ने आन्दोलन कहा सफल होला र ? जातिय समस्याहरु समाधान र उत्पीडित समुदायले कहीले पाउला र अधिकार यो देशमा जनयुद्ध नभएको भए तामाङ स्वायत्त प्रदेश देखि ताम्सालिङ राज्य सम्मको नारामा माओवादी नआएको भए के हुन्थे होला हित बहादुर ,प्रेम र राधिकाहरु, सुन चामलका भरिया कि अरु केही ?

नयुद्धको जनआधार र धरातलबाट धनयुद्धको उडान भरेका हरुको बैठान जातिवादको फेरो समाउने एक काइदाको राजनीति हो ।तर यो बेला प्रेमलाई पोलेको ताम्सालिङको रोदनले हितबहादुर र राधिका चाही किन रमिते बनेको होला ? त्यो राजनीति नदेखेर फेसबुकमा शेयर गरेर आनन्द लिनेहरुको चाही मुतको न्यानो मात्रै हो । सम्वृद्धि आफनै पालामा भन्दै नया अभियानमा रसुवा र गोर्खामा २ सिट देशैभरबाट काग्रेशसग मागेको डा.बाबुरामलाई झुक्याउनु र टिकट मोहनलाई दिलाउन सक्नु चनचुने चुनौति थिएन ।

रसुवाको कालिका स्थानमा काग्रेशलाई प्रबेशसभा राख्न लगाएर उचालेको खुटा किन रोकियो होला उनको ? संसारमा बौद्धिक कहलिएका डा.बाबुराम बेच्ने गरिबको छोराले सोझा रैतिलाई कति बेच्यो होला बेला आए पछि हिसाब किताब होला पक्कै ? सम्वृद्धि देखाएर शेयर बेच्नेहरु बोनस बाडन पर्ने बेला साबा खाइदिने धम्की दिएर भोट लुटछन् । हिजो लेनिनले भनेका थिए यो संसद खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भनेर तर लेनिन रसुवामा भएको भए भन्ने थिए होला ढुगा बेचेर टिकट किन्ने र टिकट बेचेर भोट किन्ने थलो हो भनेर । त्यसैले आज वर्ग भित्र जाति खोज्ने कि जाति भित्र पनि वर्ग कमरेडहरु कता रुम्मलीदै छन् ? हिजोका ललितमान घले देखि आजका प्रेमसम्म नेता र अबसर नपाएको हो र ? अबका ताम्सालीङ पनि ल्याह्रकल लामा र अर्वपति इच्छाराजहरुलाई मात्रै हो हाम्रो मैच्याङ र च्याङबाहरु पसिना बेच्न संसारभर भौतारीने छन् गरिबको सन्तानहरुको यथार्तता यही हो ।

प्रेम जनयुद्धमा एक आशा लाग्दो प्रतिभाका रुपमा उदाएका थिए । उनी रसुवा नुवाकोटको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाए । जनयुद्धको विरासतबाट उदाए पनि उनी यतिबेला काग्रेशको बुइ चढेर राजनीतिक गुरु इन्द्र गौतमलाई पर्छान सफल भए स्वार्थको लागी फेरी जातिवादको अलाप गर्दैछन् । आगे के को पछारीने हुन हेर्दै जाउ । नेपाली समाजमा भन्ने गरिन्छ कागे्रश बिग्रे कुहीएको गुन्द्रुक हुन्छ जो धोइ पखाली प्रयोग गरीन्छ तर कम्युनिष्ट बिग्रे कुहिएको अण्डा हुन्छ जो केही काम लाग्दैन तर उनी चाही कुहीएको फर्सी हो जस्तो लाग्छ । तर त्यो फर्सीको बिया चाही सकुसल हुन पनि सक्छ यदीे भयो भने समरयात्राका क्रान्ति चेतहरु फेरी अंकुराउन सक्ला त हिमाली पाखाहरुमा ? त्यो स्वप्निल सपनाहरु पनि देखौन किन नदेख्न ? तर रसुवा कालिकास्थानको काग्रेशी जनसभामा हराएको प्रेम तामाङ ल्होसारमा टुडीखेलमा देखा परेको छन जातिवादको फेरो समातेर तर म प्रेम होइन कमरेड प्रतिक खोजीरहेछु । क्रान्तिको प्रेममा धोका होइन बर्गप्रेमको प्रतिक देख्न चाहन्छन् झुपडिका हिमालि राता मान्छेहरु ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०९:३१