१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जनताले खोजेको ‘नागरिक कुटने प्रहरी होईन, अपराधी कुटने प्रहरी हो’


-पोष्ट केसी
नागरिक कुटने प्रहरी होईन
अपराधी कुटने प्रहरी खोजेको हो ।

ठेक्का पट्टा गर्ने सेना होईन
देश बचाउने सेना खोजेको हो ।

नागरिकलाई सास्ती दिने र घुस माग्ने कर्मचारी होईन
घरदैलोमा सेवा दिने कर्मचारी खोजेको हो ।

घोक्रो सुक्ने गरी भाषण गर्ने नेता होईन
पसिना बगाउने र काम गर्ने नेता खोजेको हो ।

अन्याय र विभेद गर्ने अदालत होइन
न्याय र समान व्यवहार गर्ने अदालत खोजेको हो ।

यथास्थितिवादी नागरिक समाज होईन
स्पन्दनशील र गतिशिल नागरिक समाज खोजेको हो ।

बिरामी मार्ने डाक्टर होईन
बिरामी बचाउने डाक्टर खोजेको हो ।

दले पत्रकार र मानवअधिकारवादी होईन
सवैको पत्रकार र मानवअधिकारवादी खोजेको हो ।

घोडा हिडने सडक होईन
मोटर गुडने सडक खोजेको हो ।

निरंकुश, सामन्ती सोच र संस्कार भएको व्यवस्था होईन
लोकतन्त्र,प्रेश र अभिव्यक्ति स्वतन्त्रता भएको शासन व्यवस्था खोजेको हो ।

विभेद, अन्याय, अत्याचार शोषण होई
सामाजिक न्याय, समनता, भ्रष्टाचारमुक्त समाज खोजेको हो ।

(केसी भ्रष्टाचारविरूद्धका अभियन्ता हुन ।)

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ११:३१