१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्राचार


१४ माघ, काठमाडौं । भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ सातापछि नेपाल सरकारले कूटनीतिक पहल अघि सारेको छ । नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक रुपमा कूटनीतिक पहल अगाडि बढाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भारत सरकारलाई एक पत्र पठाउँदै पाम आयलको निकासी खुलाउन आग्रह गरेको खबर आर्थिक अभियान दैनिकमा छ ।

मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई यस्तो पत्र पठाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले भारत सरकारलाई पत्र पठाएको पुष्टि गरे ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०७:१७