१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फाइल तस्बिर ।

१४ माघ, काठमाडौं । हनुमानढोका दरबार क्षेत्र भ्रमणका लागि आउने विदेशी पर्यटकले अब प्रवेश गर्ने टिकटसँगै नेपाली उत्पादन पनि उपहार स्वरूप पाउने भएका छन् । नेपाल भ्रमण वर्षका अवसरमा भने त्यहाँ आउने पर्यटकलाई भ्रमण वर्षको लोगोसहितको झोलामा नेपाली सामान पनि उपहार स्वरूप प्रदान गरिने तयारी छ ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत त्यस क्षेत्र प्रवेश गर्ने सार्क राष्ट्र र अन्य विभिन्न देशका विदेशी पर्यटकले टिकट लिएर मात्र प्रवेश गर्नुपर्ने नियम छ । नेपाल भ्रमण वर्षभर भने उपहार पनि पाउने भएको खबर गोरखापत्र दैनिकमा छ ।

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशनमान शाक्यले अर्को महिनादेखि नै उक्त योजना कार्यान्वयनमा आउने जानकारी दिए । नेपाल भ्रमण वर्ष सुरु भइसकेको अवस्थामा तत्काल भने पर्यटकका लागि नेपाली सामान उपहार स्वरूप प्रदान गर्ने निर्णय भएको उनले बताए । उनले यो जनवरीमा लागू गर्न सकिएको छैन, अर्को महिनादेखि नै पर्यटकले टिकटसँगै नेपालीपन झल्काउने उपहार दिने तयारीमा रहेको बताए ।

हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकले प्रतिटिकट एक सय पचास रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले प्रतिटिकट एक हजार रुपैयाँ तिर्दै आएका छन् । हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका अनुसार गत आर्थिक वर्षमा सार्क राष्ट्रका २७ हजार ६६३ जना र अन्य मुलुकका एक लाख ८३ हजार ७६ जनाले सो क्षेत्रको भ्रमण

गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०६:४४