१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हेलिकोप्टर दुर्घटनामा छोरीसहित बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन


१३ माघ, काठमाडौं । बास्केटबलका महान खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आफ्नै निजी हेलिकोप्टरमा यात्रा गरिरहेका बेला ४१ वर्षीय कोबेको निधन भएको हो ।

दुर्घटनामा उनकी १३ वर्षीया छोरी गियनासहित ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाँचपटक एनबीए च्याम्पियन र ओस्कार जितेका अमेरिकी बास्केटबल लेजेन्ड कोबे चढेको हेलिकोप्टर क्यालिफोर्नियाको कालाबासस सहरमा भएको हो ।

लस एन्जलस प्रहरीले हेलिकोप्टरमा यात्रारत कोही पनि जीवित नरहेको जानकारी दिएको छ । कोबेलाई अमेरिकी बास्केटबलमा अहिलेसम्मकै महान् (लेजेन्ड) खेलाडी मानिन्छ । उनको निधनप्रति विश्वभरका खेलाडी, कलाकार र राजनीतिज्ञहरुले शोक व्यक्त गरेका छन् । हेलिकोप्टर अस्वाभाविक रुपले खस्दै गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । –एजेन्सी

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०८:२४