१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल


१३ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल भालाडोलिडलाई १-० ले हराउँदै मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

भालाडोलिडको घरेलु मैदानमा मड्रिडका नाचोले गोल गरे । शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ । उसले दोस्रो स्थानको बार्सिलोनासँग मात्र तीन अंकको अग्रता लिएको छ । –एजेन्सी

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०८:००