१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एडिलेडमा आयोजित ‘अस्ट्रेलिया डे’को परेडमा नेपाली समुदाय सहभागी (फोटोफिचर)


१३ माघ, एडिलेड । दक्षिण अष्ट्रेलियाको एडिलेडमा आयोजित ञअष्ट्रेलिया डेझको उपल्यक्षमा आयोजित परेडमा नेपाली समुदायले सहभागीता जनाएको छ । अष्ट्रेलियामा पहिलो पटक बेलायती पहुंच स्थापना भएको १७८८ जनवरी २६ को सम्झना गर्दै अष्ट्रेलियामा रहेका अन्य देशबाट आएका समुदायहरुलाई समेत समेटेर आयोजित बहुसांस्कृतिक परेडमामा नेपाली समुदायले नेपालको बिबिधता झल्कने सांस्कृतिक परम्परागत झाँकी प्रस्तुत गरेका थिए ।

एडिलेड नेपाली समाजको अगुवाइमा दक्षिण अष्ट्रेलियामा रहेका नेपाली संघ संस्थाहरुले सहभागीता जनाएको कार्यक्रममा पञ्चेवाजा समुहले विशेष प्रस्तुति रहेको थियो । नेपाली पञ्चेवाजको सांगीतिक माहोलले नेपाली सहभागी मात्रै नभएर गैर्ह नेपालीहरुलाइ पनि आकर्षण गरेको थियो । परेड भिक्टोरिया स्वायरबाट शुरु भएर एल्डर पार्कमा गएर समापन भएको थियो ।

परेडमा नेपाली समुदायको सहभागीताले नेपाली पहिचानलाई स्थापित गर्न सहयोगी भएको एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन्द्र रेग्मीले बताउनु भयो । विगत केही वर्ष देखि दक्षिण अष्ट्रेलियाका नेपाली समुदायको बढ्दो उपस्थिति रहेको सन्दर्भमा नेपाल र नेपाली बारेमा यहाँ रहेका अष्ट्रेलियन लगाएत अन्य गैर्ह नेपालीहरु परिचित गराउन परेडमा सहभागिताले मद्दत पुगेको बिश्वास व्यक्त गर्दै अध्यक्ष रेग्मीले सहभागीहरुलाइ धन्यवाद व्यक्त गर्नु भयो ।

नेपाली परम्परागत भेषभुषा र शैलीमा सजिएका बालबालिका, युवायुवतीको सहभागितामा भएको सांस्कृतिक झाँकीले नेपाल भ्रमण बर्ष २०२०को प्रबद्र्धन गरेको थियो । एनआरएन आइ सि सि सदस्य अशोक केशीका अनुसार एडिलेडमा अष्ट्रेलिया डे उपल्यक्षमा आयोजित परेडमा नेपाली समुदायले सन् २०१० बाट सहभागीता जनाउन थालेको हो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०७:३९