१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्पेनिस ला लिगा : भ्यालेन्सिया २-० ले विजयी


१२ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा घरेलु टोली भ्यालेन्सिया २-० ले विजयी भएको छ । भ्यालेन्सियाले बार्सिलोनालाई २-० को हार चखाउन सफल भयो । यो नतिजासँगै बार्सिलोना स्तब्ध बनेको छ ।

शनिबार रातिको खेलमा हारसँगै बार्सिलोनाले ३ अंको अग्रता लिने आफ्नो अवसर भने गुमाएको छ । बार्सिलोनाका जोर्डी अल्बोको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८औं मिनेटमा अग्रता लिएको थियो । ७७औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलको १२ औं मिनेटमा भ्यालेन्सियाका ड्यानी गोमेजको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर टेर स्टिगेनले उत्कृष्ट बचाउ गरेका थिए ।

क्विक सेटियन बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएपछि यो पहिलो हार हो । साथै सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित आफ्नो खातामा दर्ता गराएको छ ।

बार्सिलोनाको २० खेलबाट ४३ अंक छ । भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार ०७:४५