१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भारतीय अभिनेत्री सेजलले गरिन् आत्महत्या


१२ माघ, मुम्बई । भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । उनले सुसाइट नोट लेखेर आत्महत्या गरेको भारतीय प्रहरीले पुष्टि गरेको छ ।

सेजल ‘दिल तो ह्याप्पी है’ सिरियलमा सिम्मी खोस्लाको रुपमा अभिनय गर्थिन् । उदइपुरबाट आएकी सेजल २०१७ देखि मुम्बईमा बसेर अभिनयमा करिअर बनाउँदै थिइन् । उक्त सिरियलमा अभिनय गर्नुअघि उनी केही विज्ञापनमा देखिएकी थिइन् । सेजलले वेब सिरिज ‘अजाद परिन्दे’मा पनि काम गरेकी थिइन् ।

उनको आत्महत्याको कारण विस्तृतमा नखुले पनि भारतीय केही सञ्चारमाध्यमका अनुसार उनी बाबुको स्वास्थ्यका कारण तनावमा थिइन् । सोही कारण आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । –एजेन्सी

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार ०७:३३