१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सभामुखलाई उपराष्ट्रपति निवास


९ माघ, काठमाडौं । सरकारले सभामुखका लागि यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन बसेको लैनचौरस्थित भवन व्यवस्थापन गर्ने भएको छ । यसअघिको बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेका छन् ।

तिमिल्सिनाले प्रयोग गरेको सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर पहिलो साता सरेका थिए । सभामुख चयन प्रक्रिया अघि बढेसँगै संसद् सचिवालयले निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले लौनचौरस्थित उक्त भवनमा आवश्यक मर्मत गरी हस्तान्तरणको तयारी गरिरहेको छ ।

रङरोगन लगायतका काम करिब सकिएको छ । यो भवनमा पहिलो उपराष्ट्रपति परमानन्द झा पनि बसेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०७:१०